Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

र्‍याडिसन होटलका अध्यक्ष श्रेष्ठको निधन

र्‍याडिसन होटलका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं, २५ पुस । वरिष्ठ पर्यटन तथा होटल व्यवसायी गोविन्ददास श्रेष्ठको निधन भएको छ । काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनका अध्यक्ष समेत रहेका ८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लिलावती अस्पतालमा उपचारक्रममा बुधबार बिहान निधन भएको हो । स्वास्प्रश्वासमा समस्या आएपछि विगत पाँच महिना देखि उनी उपचाररत थिए ।

५० वर्षभन्दा बढी समय पर्यटन व्यवसायमा संलग्न रहेका श्रेष्ठका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । श्रेष्ठको पार्थिव शरीर भारतबाट नेपाल ल्याइ बिहीबार अन्तिम श्रद्धाञ्जलिका लागि होटल याडिसनमा राखिने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x