Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंकमा अव अनलाईबाटै खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंकमा अव अनलाईबाटै खाता खोल्न सकिने

काठमाडौं, २६ पुस । मुक्तिनाथ विकास बैंकले घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । बैंकले वित्तिय क्षेत्रलाई प्रविधिमैत्री बनाई सर्वसाधारणहरुलाई सेवा दिने उदेश्यले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

ग्राहकहरुले इन्टरनेटको पहुँच भएको स्थानबाट बैंकको वेवसाईट खोली सरल, सहज र सुरक्षित तरिकाबाट अनलाईन सेवा मार्फत खाता खोल्न सक्नेछन् । बैंकले संचालनमा ल्याएको अनलाईन सेवाबाट देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरु लाभान्वित हुने अपेक्षा बैंकको रहेको छ ।

हाल बैंकले १०२ वटा शाखा तथा २० वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x