Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बझाङमा जुवातास खेल्ने र प्राकृतिक स्रोत दोहन गर्ने दर्जनौ कारबाहीमा

बझाङमा जुवातास खेल्ने र प्राकृतिक स्रोत दोहन गर्ने दर्जनौ कारबाहीमा

काठमाडौं, २७ पुस । सुदुरपश्चिमको बझांग पछिल्लो समय जुवातास र अवैधलागु औषधमुक्त जिल्ला बनेको छ । ४ महिना अघि सम्म जिल्लामा खुलेआम जुवातास खेल्ने र खेलाउने गरेपनि पछिल्लो समय सो कार्य निर्मुल भएको स्थानीहरु बताउछन् ।

चार महिनाको अवधीमा प्रहरीले तीन पटक गरि २२ केजी लाघुऔषध बरामद गर्नुका साथै लाघुऔषध कारोबारीमा संलग्नलाई प्रहरीले पक्राउ गरि आवश्यक कारबाही गरेको जनाइएको छ ।

त्यस्तै जुवाखेल्ने र खेलाउने २० जनालाई पक्राउ गरि कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि प्रविण धितालले जानकारी दिए । घरेलु मदिरा तीन पटक गरि आठ हजार लिटर नष्ट गरेको छ । मदिरा सेवन गरि दैनिक हुने ग्याङ फाइट र चोरीको घटना पुरै बन्द भएको र रातमा हुने लुटपाटको घटना समेत बन्द भएको उनले जानकारी दिए । यसका साथै नदिजन्य सामाग्रीको अवधै तस्कारीमा समेत प्रहरीले कडाई गरेपछि स्थानीय केही तस्कारहरु प्रहरी प्रशासन विरुद्ध लाग्न थालेका छन् । स्थानीय सांसद देखि संचारकर्मीहरु समेत प्रहरीको सो कार्यबाट रुष्ट भएर अनावश्यक प्रचार गर्ने कार्यमा लागेको भन्दै उनले दुखेसो व्यक्त गरे ।

विगतमा जिल्लाका भित्री क्षेत्रमात्र होइन सदरमुकामै पनि प्रहरी र प्रशासनसँगको मिलेमतोमा कतिपयले जुवाखेल संचालन गर्ने गरेको स्थानीयहरु बताउछन् । तर पछिल्लो समय जुवा खेल्ने, खेलाउने र मदिरा सेवन गरि अनावश्यक होहल्ला गर्दै हिड्ने, लुटपाट गर्नेलाई प्रहरीले कारबाही गरेपछि स्थानीयहरु भने निकै खुसी भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x