Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि विकास बैंकले २१.०५३% लाभांश दिने

कृषि विकास बैंकले २१.०५३% लाभांश दिने

काठमाडौं, २७ पुस । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको ७२८ औं सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीलाई सो लाभांश दिने प्रस्ताव गरेको हो । बैंठकले ६ प्रतिशत बोनस शेयर र १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।

यसका साथै नेपाल सरकारकोे फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत बार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने समेत बैंकले जानकारी दिएको छ । अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x