Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआरएनएले विज्ञ सम्मेलनको सारांश प्रधानमन्त्री ओलीलाई बुझायो

एनआरएनएले विज्ञ सम्मेलनको सारांश प्रधानमन्त्री ओलीलाई बुझायो

काठमाडौं, २७ पुस । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले सो सुझाव पेश गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताए । सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसंगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले विज्ञ सम्मेलनको सारांश पेश गर्दै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी दिए । साथै उनले भिजिट नेपाल २०२०, विद्यार्थी भर्ना अभियान लगायत सरकारले लिएका कार्यक्रमहरु सफल पार्न संघ लागि पर्ने विश्वास दिलाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x