Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिडियसको आठौं बार्षिक साधारण सभा सम्पन्न

सिडियसको आठौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ पुस । नेपाल सिडियस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सिडिएससिको संचालक समितिको अध्यक्ष रहेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रगति विवरण, सेयर बजारका बिषयमा छलफल तथा लेखापरिक्षले प्रमाणित गरेको आर्थिक प्रतिवेदन तथा प्रस्ताबित बिषय वस्तु पारित गरिएको छ । यसका साथै हाल सम्म सेयर बजारका विभिन्न विधामा आवद्ध लगानीकर्ताहरुको आर्थिक बिवरण प्रकाशित गरिएको छ भने सभामा कम्पनीले सेयरधनीहरुलाई वितरण गर्ने भनिएको चुक्तापुजीको २० प्रतिशत बोनस सेयर पनि पारित भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x