Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्रीले डाभोस सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले डाभोस सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं ३०, पुस । वल्र्ड इकोनोमिक फोरमको आयोजनामा माघ ८ देखि ११ (जनवरीको २२ देखि २५) सम्म हुने वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकलाई सम्बोधन गर्ने भएका छन् । सार्वजनिक निजी साझेदारीको अन्तर्राष्टिय संगठन मानिने वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा १०० देशहरुबाट सरकार प्रमुख तथा सरकारका प्रतिनिधि सहभागी हुनेछन् । विश्वका प्रख्यात १००० भन्दा बढी कम्पनीहरुले उपस्थिति जनाउनेछन् । त्यस्तै यससँग सम्बन्धित अन्तर्राष्टिय गैर सरकारी संस्थाहरु, युवाहरु, सामाजिक र सांस्कृतिक नेताहरु, सूचना प्रविधि क्षेत्रका पायोनियरहरु हरेक वर्षको सुरुवातमा डाभोसमा जम्मा भएर विश्वव्यापी प्राथमिकताहरु, औद्योगिक विकास र क्षेत्रीय मुद्दाहरु तय गर्ने गर्छन् । यो मञ्चमा प्रधानमन्त्रीको तहबाट यो उपस्थिति सम्भवतः पहिलो हो ।

स्वीट्जरल्याण्डको डाभोसमा हुने वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बैठकलाई सम्बोधन समेत गर्नेछन् ।
प्रधानमन्त्री ओली माघ ६ गते डाभोस जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र , मन्त्रालयका सचिम शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने बताइएको छ ।
यसपटकको बैठकमा नेपाल सरकारलाई नै निम्तो दिइएको छ। फोरमको निम्तो पहिलो पटक प्रधानमन्त्री स्तरको लागि आएको हो। हरेक वर्ष आयोजना हुने बैठकमा नेपालको सहभागिता रहने गरे पनि त्यो राजदूतस्तर वा अन्य कर्मचारीस्तरमा हुँदै आएको थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाको रणनीतिक परिदृश्य सत्रको छलफलमा सहभागिता जनाउने कायक्रम रहेको छ। त्यस्तै प्रधानमन्त्री ओलीले वियोण्ड र जीडीपी सत्रमा पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वीट्जरल्याण्ड भ्रमणका क्रममा केही महत्त्वपूर्ण भेटवार्ता पनि तय भएको् छ । डाभोस बैठकमा भाग लिन आएका सरकार प्रमुखहरुसँग उपयुक्त समय मिलाएर भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउराबीच भेटवार्ताका लागि पनि तयारी भैरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x