Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुमार्गीले खाताबाट निकालेको रकम फिर्ता गर्न इन्भेस्टमेन्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन

सुमार्गीले खाताबाट निकालेको रकम फिर्ता गर्न इन्भेस्टमेन्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं ३० पुस ।  व्यापारी अजेयराज सुमार्गीले खाताबाट निकालेको रकम फिर्ता गर्न राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले आदेश दिएको पाँच दिन पछि रष्ट्र बैंकले सुमार्गीको खाताबाट निकासा भएको रकम फिर्ता गर्न इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको हो ।

न्यायाधीश दिपक कुमार जोशीले दिएको अन्तरिम आदेश सच्याउँदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन अदालतले अर्को आदेश जारी गरेको थियो । अदालतकव् पत्र आइतबार प्राप्त भएको बैकले त्यसैका आधारमा आदेश कार्यान्वयनका लागि इन्भेस्टमेन्टबैंकलाई निर्देशन हो .

मुक्तिश्री सिमेन्टका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेको भनी राष्ट्र बैंकले करिब ५ वर्षदेखि रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले करिब ८४ करोड रुपैयाँ खाताबाट निकाली सकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x