Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन बैंकले ५ प्रतिशत बोनस शेयर दिने

हिमालयन बैंकले ५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, ३० पुस । हिमालयन बैंक लिमिटेडले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको छब्बीसौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने भएको छ । यस्तै बैंकले आ.व. २०७४÷७५ अन्त्य सम्म रु. ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र रु. ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको  छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो ।

सभामा अध्यक्ष मनोजबहादुर श्रेष्ठले २६ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गर्नुभयो ।

यस्तै बैंकले आ.व. २०७४÷७५ अन्त्य सम्म रु. ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र रु. ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको  छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो ।

सभाले सर्ब साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक श्री विजय बहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x