Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सबै ऋणको विवरण कर्जा सूचना केन्द्रलाई दिनुपर्ने

सबै ऋणको विवरण कर्जा सूचना केन्द्रलाई दिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले अबदेखि कर्जा सम्बन्धि सबै सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार १५ दिन भित्र ऋणी र कर्जा सम्बन्धि सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रलाई दिन आग्रह गरिएको छ । यसअघि बैंक तथा वित्तिय संस्थाले १० लाख रुपैयाँ र सो माथिको कर्जाको विवरणमात्र केन्द्रमा उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । ९० दिनभन्दा बढी समय भाखा नाघेको ऋणको विवरण समेत केन्द्रलाई उपलब्ध गराउनुपर्छ । त्यस्तै भाखा नाघेको ऋणको भुक्तानी नियमित भएको ऋणको पुनर्संरचना या पुनर्तालिकीकरण भएको भए पनि सो विवरण १५ दिन भित्र कर्जा सूचना केन्द्रलाई दिनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
त्यस्तै, ऋणीको सम्बन्धमा बैंक तथा वित्तिय संस्थाले सूचना माग गरे कर्जा सूचना केन्द्रले तीन दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x