Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साझा यातायात परिसरमा विद्युतीय चार्जिङ्ग स्टेशन निर्माणको तयारी

साझा यातायात परिसरमा विद्युतीय चार्जिङ्ग स्टेशन निर्माणको तयारी

काठमाडौं, ३ माघ । विद्युतिय सवारी साधनको चाजिङ्ग स्टेशन पुल्चोक स्थित साझा यातायातको परिसरमा निमार्ण गरिने भएको छ । सरकारले ३ सय वटा विद्युतिय यातायात नेपाल भित्र्याउने भएसंगै वातावरण विभागले सो योजना बनाएको हो ।

बुधबार ललितुरको वातावरण विभागमा आयोजित एक कार्यक्रममा विभागका महानिर्देशक झलक राम अधिकारीले विद्युतीय यातायातको लागि आवश्य पर्ने चाजिङ्ग स्टेसन विभागले निमार्ण गरिदिने बताए । नेपालमा सरकारी तथा गैरसरकारी तबरबाट भित्रयाउन लागिएको विद्युतीय यातायातका लागि साझाको परिसरमा चाजिङ्ग स्टेसन निमार्ण गरिने भएको हो ।

यसका साथै चालु आर्थिक बर्ष भित्रमा नै उपत्यकमा स्थान पहिचान गरि अन्य ५ स्थानमा आधुनिक चार्जिङ्ग स्टेशन निमार्ण गरिने विभागका महानिर्देशक अधिकारीले बताए । जसका लागि सबै विद्युतिय गाडीहरुकालाई मिल्ने प्रकारको चाजिङ्ग मेसिन सुन्दर यातायातले ल्याउने भएको छ । सुन्दर यातायातद्धारा प्रवद्धित उक्त मेसिन आधुनिक तथा ठुला साना सबै प्रकारका गाडीहरुलाई उपयुक्त हुनका साथै नेपालको विद्युत भोल्टेज मिल्दो हुने जनाएको छ । कार्यक्रममा सुन्दर यातायातले चार्जिङ स्टेसनको ढाँचा र डिजिटल उच्च क्षमताको चार्जिङ मेसिन पनि देखाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x