Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु हुने

प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु हुने

काठमाडौं, ७ माघ । प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका आगामी महिनाबाट अनुशार प्रदेश नम्बर तीनबाट रोजगार कार्यक्रम शुरु हुने छ ।

सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम चालू आवदेखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । रोजगारीको हकमा सरकारले रोजगारीको हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ । कुनै पनि नेपाली बाध्यात्मक स्थितिवाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले जानाकारी दिए । उक्त कार्यक्रम शुरु हुनेलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । सो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढाइएको बताए । केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x