Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी बढ्यो

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी बढ्यो

काठमाडौँ, ८ माघ ।  हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी बढेको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्थामा संशोधन गरी चुक्ता पूँजी बढाएको हो ।

बैंकले गरेको नयाँ व्यवस्थाअनुसार त्यस्तो कर्जा दिने कम्पनीको न्यूनतम पूँजी रु ३० करोड हुनुपर्ने व्यवस्था गरेको छ । हाल सञ्चालनमा रहेका हायर पर्चेज कम्पनीले २०७७ असार मसान्तसम्म रु २० करोड र २०७८ असारसम्म रु ३० करोड चुक्ता पूँजी पुयाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तो कर्जा दिने कम्पनीले स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष कम्पनीको चुक्ता पूँजीको शुन्य दशमलव दुई प्रतिशतले हुने रकम बराबर स्वीकृति दस्तुर फिर्ता नहुने गरी विवरण बुझाउनुपर्नेछ ।

कम्पनीको चुक्ता पूँजी दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट कम्तीमा २० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गर्नुपर्नेछ । चुक्ता पूँजी दोब्बर भएपश्चात् उक्त कम्पनीले त्यसपछिका आवमा खुद नाफाको कम्तीमा १० प्रतिशत रकम थप्दै जानुपर्नेछ ।

के हो हायर पर्चेज कर्जा ?

हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेशिनरी औजार, उपकरण खरीद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा वा सापटी सम्झनुपर्ने व्यवस्था हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x