Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कामना सेवा विकास बैंक र नेपाल रेमिटबीच विप्रेषण कारोबार सम्झौता

कामना सेवा विकास बैंक र नेपाल रेमिटबीच विप्रेषण कारोबार सम्झौता

काठमाडौं, ८ माघ । कामना सेवा विकास बैंकले नेपाल रेमिट इटरनेशनल संग विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । बैक र नेपाल रेमिट बीच रेमिट्यान्स सेवा प्रदान गर्ने गरि सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिटको विप्रेषण कारोबार सेवा प्रयोग गर्र्न सक्नेछन् । उक्त सम्झौताले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वितहुने विस्वास बैंकले लिएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग प्रमुख सुवास भट्टराई र नेपाल रेमिटको तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल सम्म देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x