Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मंगलबार नेप्सेमा सामान्य सुधार

मंगलबार नेप्सेमा सामान्य सुधार

काठमाडौं, ८ माघ । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । दुइ दिन सम्म निरन्तर घटेको सेयर बजार मंगलबार भने ०.७८ अंकले बढेर ११६७.८३ बिन्दुमा बन्द भएको हो ।
मंगलबार कुल १५६ कम्पनीको १०,२४,६१५ कित्ता शेयर खरिदबिक्री हुँदा २९ करोड २२ लाख १४ रपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार आज पनि कारोबार अपर तामाकोशी हाइड्रोपावरले नै अग्रता लिएको छ । साताको पहिलो कारोबार दिन देखि नै कम्पनीले सेयर कारोबारमा अग्रता लिदै आएको हो । जसको आज ५ करोड ४७ लाख रुपैयाँ भन्दा बढीकोे शेयर कारोबार भएको छ ।

त्यस्तै मंगलबार सबै भन्दा बढी कमाउनेमा समाता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । कम्पनीकोे सेयर मुल्यमा ३.५१ प्रतिशतले वृद्धि भएको छ । साथै सबैं भन्दा बढी गुमाउनेमा कन्चन डेभलपमेन्ट बैंक र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९.८२ प्रतिशत र ९.६५ प्रतिशतले घटेको छ ।


मंगलबार नेप्सेमा सुचिकृत १० वटा समूहहरुमा ७ वटा समूहहरु बढेको छ भने बाँकी ३ वटा समूह घटेका छन् । परिसुचक घट्नेमा जलविद्युत समुह ५.१४ अंक, फाइनान्स समुह १.७५ अंक र उत्पादन तथा प्रशोधन समुह ९२.२९ अंकले घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x