Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल फिनल्याण्ड सम्बन्ध दीगो विकास एजेण्डामा आधारित हुनुपर्ने फिनल्याण्डका राजदुतको भनाइ

नेपाल फिनल्याण्ड सम्बन्ध दीगो विकास एजेण्डामा आधारित हुनुपर्ने फिनल्याण्डका राजदुतको भनाइ

काठमाडौं, ८ माघ ।  नेपालका लागि फिनल्याण्डका नवनियुक्त राजदूत पे्रटी एन्टी नेनले दुई मुलुकबीच विद्यमान आर्थिक सम्बन्ध आउँदा दिन हरुमा अझ मजबूत हुने बताएका छन्। 

नेपाल उद्योग परिसंघमा आयोजित स्वागत कार्यक्रममा नेपालमा संविधान निर्माणपछि स्थिर सरकार भइ व्यवसाय मैत्री वातावरणको सृजना भएको हुँदा द्विपक्षीय सम्बन्ध विस्तारमा फिनल्याण्ड सरकार आतुर रहेको बताए।

१९७४ दखि नेपालसँग दौत्य सम्बन्ध स्थापितभएदेखि फिनल्याण्डले वन, जलस्रोत, सुशासनआदिमा सहयोग पुयाउन सकेको स्मरण गर्दै २०१६ को फिनल्याण्डको विकास नीति दीगो विकास एजेण्डामा आधारित रहेको र नेपाले पनि यसबाट सिक्नु पर्ने बताए ।

नवनियुक्त राजदूतलाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष हरि भक्त शर्माले मुलुक हाल समृद्धिको दिशातर्फ अग्रसर भएको, ऐन कानुनहरुमा समय सापेक्ष परिवर्तनको संकेत देखिएको  लगानीका बढाउन आग्रह गरे ।   

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x