Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एकैपटक पाँच नियमावली संशोधन गर्दै धितोपत्र वोर्ड

एकैपटक पाँच नियमावली संशोधन गर्दै धितोपत्र वोर्ड

काठमाडौं, ८ माघ । नेपाल धितोपत्र बोर्डले विभिन्न पाँचवटा नियमावली संशोधनको प्रक्रिया एकै पटक अगाडि बढाएको छ ।

बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७५’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’ संशोधनको प्रक्रिया अगाडि बढाएको छ । यस्तै ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको हो ।  नियमावली संशोधनका लागि समितिले यही माघ १८ गतेभित्र आवश्यक रायसल्लाह, सुझाव उपलब्ध गराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले आज जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै बोर्डले ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ र धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ पनि संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बोर्डले आवश्यक सुझाव तथा सल्लाह बोर्डको नियमन तथा व्यवस्थापन विभाग कानून तथा प्रबली करण महाशाखामा उपलब्ध गराउन आग्रह गरेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x