Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुडभेड तर्फ संसद, तीन दिन सम्म बैठक स्थगित

मुडभेड तर्फ संसद, तीन दिन सम्म बैठक स्थगित

काठमाडौं, ८ माघ । चिकित्सा शिक्षा विधेयकलाइ लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको अ आफ्नै आडानका कारण प्रतिनिधि सभाको बैठक तीन दिन सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षीदलको अवरोधका कारण दुइ पटक बैठक बसेपनि संचालन हुन सकेन।  पहिलो बैठक स्थगीत गरेका सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गएका थिए। यस बीच रोष्टम घेराउ गरिरहेका कांग्रेसका सांसदहरुलाई बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए। पोखरेललाई नेकपाका प्रमुख सचेतक देव गुरुङ सहितका सांसदले रोष्टमसम्म पुर्‍याउने प्रयास गरेपनि उनी असफल भए।

कांग्रेस सभासदहरुले विरोध गरिरहदा माननीय सदस्यहरुले गल्ती गर्नुभयो, मैले बैठकै सुरु गरेको छैन।’तर कांग्रेस सांसदहरुले त्यसलाई वास्ता गरेनन्।  कांग्रेस र सत्तारुढ दलका सांसदबीच  ठेलमठेल भयो।कांग्रेस र नेकपाका सांसदहरुबीचको ठेलमठेलले मन्त्री पोखरेल बीच मै रोकिए। पछि फर्किएर आफ्नै कुर्सीमा गए। दुबै दलका सांसदहरुबीच ठेलमठेल जारी रहँदा सभामुख महराले १५ मिनेटका स्थगीत भएको बैठक सुचना ठास गरेर शुक्रबार सम्मकालागि स्थगित भयो ।

संसद् बैठकबाट बाहिरिँदै गर्दा संचार कर्मीलाइ संक्षिप्त प्रतिक्रिया दिदै नेपाली कांग्रेसका नेता गंगन कुमार थापाले सभामुखले संसदीय मर्यादा मिचेको भन्दै माफी नमागेसम्म संसद चल्न नदिने बताउनु भयो । सहमती नभए सम्म चिकित्सा शिक्षा बिधेयक पेश गर्न नदिने कांग्रेसले भोलीबाट सदन र सडकबाट विरोध जारी राख्ने बताए ।

 पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका नेता डा बाबुराम भट्टराईले संसद्मा मुठभेडको अवस्था आउन सक्ने देखिएकाले प्रधानमन्त्री नआउन्जेल संसद् बैठक स्थगित गरिनु उपयुक्त हुने जोड दिए ।

नेकपाका  देव गुरुङ्गले बैठकमा सभामुखले मन्त्रीलाई विधेयक प्रस्तुत गर्न समय दिइरहँदा प्रमुख प्रतिपक्षी दलले तत्काल अवरोध पुयाउन नहुने भन्दै प्रतिपक्षी दलको त्यस्तो व्यवहार उचित नभएको टिप्पणी गरेका छन् । संसदबादी भन्ने कांग्रेसले देखाएको ब्यावहार संसदीय नभएको उनको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x