Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा ४.१५ अंकले वृद्धि, लगातार ४ दिन कारोबारमा अपर तामाकोशी हाइड्रोपावरको अग्रता

नेप्सेमा ४.१५ अंकले वृद्धि, लगातार ४ दिन कारोबारमा अपर तामाकोशी हाइड्रोपावरको अग्रता

काठमाडौं, ९ माघ । बुधबार सेयर बजार कारोबार शुरु भए देखि नै बजार घट्ने बढ्ने क्रममा अन्तिममा भने बढेर बन्द भएको छ । मंगलबार सामान्य अंकले बढेर बन्द भएको नेप्से परिसुचक बुधबार पनि ४.१५ अंकले वृद्धि भएर १,१७२.१५ को बिन्दुमा कारोबार बन्द भएको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ०.६९ अंकले बढेर २४८.७० को बिन्दुमा पुगेर बन्द भएको छ ।


बुधबार कुल १६३ कम्पनीको १०,०२,१०७ कित्ता सेयर खरिदबिक्री हुँदा २४ करोड ७७ लाखरुपैयाँ भन्दा बढीको कारोबार भएको छ । भने कारोबारमा लगातार ४ दिन देखि अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ । कम्पनीको आज ३ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।


त्यस्तै बुधबार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको शेयरमा ९.८९ प्रतिशतले वृद्धि भएको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको शेयर मूल्यमा ४.९३ प्रतिशतले घटेको छ ।

बुधबार नेप्सेमा सुचिकृत ११ वटा समूहहरुमा ९ वटा समूहहरु बढेको छ भने बाँकी २ वटा समूह घटेका छन् । परिसुचक घट्नेमा उत्पादक तथा प्रशोधन समुह र र्जीवन बीमा कम्पनी समुह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x