Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

फेरी भद्र सहमति ! मुद्धति निक्षेपमा ब्याजदर घटाउदै बैकहरू

फेरी भद्र सहमति !  मुद्धति निक्षेपमा ब्याजदर घटाउदै बैकहरू

काठमाडौंं १० माघ । बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन् । बैंकर्स संघको बैठकले शुक्रबार देखि लागुहुने देखि निक्षेपमा ब्याजदर घटाउने भद्र सहमति गरेका छन् ।

सहमति अनुसार हाल कायम रहेको साढे १० प्रतिशत ब्याजदरलाई संस्थागत निक्षेप ९ प्रतिशत र ११ प्रतिशत कायम रहेको व्यक्तिगत निक्षेपको ब्याजदरलाई १० प्रतिशत दिने निर्णय भएको छ । बेस रेट घटेको भएर आवश्यकता अनुसार नै ब्याजदर घटाईएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद डुङगानाले बताए । बैठकमा नेपाल राष्ट्र बैंकको नियमन र वित्तिय बजारका लागि आवश्यक तत्वहरुको बारेमा पनि छलफल गरिएको अध्यक्ष डुङगानाले जानकारी दिए ।

त्यस्तै बैठकमा बैंकहरूले शुत्रबार देखि साधारण बचतमा ७ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने सहमति भएको भने बैंकरहरुले बचतको ब्याजदरमा पनि सीमा लगाएका छन् । बैंकहरूले बचतको ब्याजदर सात प्रतिशतभन्दा माथि दिन पाउँदैनन् । ती बैंकले न्यूनतम ब्याज ५ प्रतिशत तोक्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x