Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अवकाशका लागि १ अर्ब खर्च हुने

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अवकाशका लागि १ अर्ब खर्च हुने

काठमाडौं, ११ माघ । चार बर्ष अघिबाट पूर्णरुपमा उत्पादन बन्द भएको गोरखाली रवर उद्योगका कर्मचारीहरुको विदाइका लागि १ अर्ब खर्च लाग्ने भएको छ । सरकारले गोरखकाली रबर उद्योगका सम्पूर्ण कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गर्दै त्यसका लागि करिव १ अर्ब खर्च लाग्ने बताएको छ ।

 मन्त्रीपरिषदका पछिल्ला निर्णयहरु सार्वजनकि गर्दै सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधि मन्त्री गोकुला बस्कोटाले  सम्पूर्ण कर्मचारीलाइ अवकास दिन लागिएको र कर्मचारीको आवकासका लागि करिव १ अर्ब खर्च लाग्ने बताएका हुन । सरकारको आंशिक स्वामित्व रहेको उक्त उद्योगमा विभिन्न तहका २ सय ४७ जना कर्मचारी कार्यरत थिए ।

कर्मचारीले किलियरेन्स बुझाएपछि संस्थाको विनियमावलि अनुशारको उपदान उपचार खर्च दिएर विदा गरिने छ । उद्योगको सञ्चित नोक्सान १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै उद्योगले सरकारलाई तिर्नुपर्ने साँवा ८२ करोड र ब्याज २६ करोड ८५ लाख रुपैयाँ छ। उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने साँवा १८ करोड ३२ लाख र ब्याज १५ करोड ५९ लाख रुपैयाँ छ। कर्मचारीहरुको अवकास सकिएपछि  नयाँ व्यवस्थापनका साथ पुन: उद्योग सञ्चालनका गरिने सरकारले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x