Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि कृषिफार्म देखि रेल सम्मका परियोजना

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि कृषिफार्म देखि रेल सम्मका परियोजना

काठमाडौं, ११ माघ । सरकारले आगामी चैत्रको दोस्रो सातका लागि तय गरेको अन्तराष्ट्रिय लगानी सम्मेलनको तयारीलाई तिव्र बनाउदै लगेको छ । यसका लागि सरकारले कानुन संशोधन गर्नेदेखि नयाँ उद्योग दर्ताका लागि एकद्वार सेवा  संचालन गर्ने ‍तयारी गरेको छ । यस्तै लगानीका लागि कुन कुन परियोजना प्रस्ताव लगानी कर्ता सामु राख्ने भन्ने विषयमा परियोजना चयन गरी सम्मेलनमा उपस्थितिका लालि निम्ता पठाउने र लगानी कर्ता खोज्ने काम भइरहेको छ ।

सम्मेलनको लागि सरकारले छिमेकी देश भारत, चीनदेखि युरोप र अमेरिकी देशका उद्योगी व्यापारीलाई निम्ता पठाउन सुरु भइसकेको लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद खतिवडाले जानकारी दिए  । यस्तै दुतावस मार्फत लगानी कर्ताको पहिचान र निमन्त्रणा पठाउने काम पनि भइरहेको छ ।

यस सम्मेमलनमा मुख्य गरेर सरकारले करोडदेखि खर्बसम्मका लगानीकर्ताकालाइ आकर्षित गरिने छ । त्यसका लागि सरकारले राष्ट्रिय गौरवका आयोजनका सहित विभिन्न २५ वटा आयोजना प्राथमिकतामा राखेको छ । जसअनुशार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गोसाइकुण्डसहित उच्च भेगमा रहेका तीर्थस्थलमा केवलकार बनाउने, ठूला कृषि फार्म स्थापना, काठमाण्डौमा मोनोरेल, काठमाण्डौबाहिर विद्युतीय रेल लगायतका परियोजना लगानीकर्ता सामु प्रस्तुत गरिनेछ । । आउँदो चैतको १५ र १६ गते काठमाडौंमा हुदै छ ।


प्रतिवद्धता मात्रै विगतको लगानी सम्मेलनको प्रतिफल

२०७३ फागुन मा भएको अन्तरष्ट्रिय लगानी सम्मेलनमा १४  खर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सम्मेलनमा भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरियालगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग थिए । सबैभन्दा धेरै चीनबाट झण्डै ८ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता जनाइएको थियो । यस्तै बंगलादेशबाट २ खर्ब ५६ अर्ब, जापान र बेलायतबाट एक/एक खर्ब,  श्रीलंकाबाट ५३ अर्ब र भारतबाट झण्डै ३४ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । लगानी सम्मेलनपछि विभिन्न देशले सानातिना लगानी गरे पनि १४ खर्बमध्येबाट भने एक रुपैयाँ पनि लगानी भएको छैन ।त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी रहेका थिए । नेपालका लगानीकर्ताबाट १ अर्ब १५ करोडको लगानी प्रतिवद्धता आएको थियो ।

घटदै छ बैंदेशिक लगानी प्रतिवद्धता

सरकारले अन्तराष्ट्रिय लगानीका लागि लगानी सम्मेलनको तयारी गरिरहदा यता बैंदेशिक लगानिको प्रतिवद्धतता भने घटेको छ । अघिल्लो बर्ष ६ महिनामामा १४ अर्ब वरावर रहेको विदेशी लगानी प्रतिवद्धता चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा घटेर १० अर्ब २३ करोडमा झरेको छ । जुन अघिल्लो बर्षको तुलनमा २७ प्रतिशतले कमि हो । उद्योग विभागको तथ्याङ्क अनुशार मुख्य गरेर कृषि तथा बन जन्य उर्जा तथा निर्माण सुचना प्रविधि र मिनरल क्षेत्रमा गतबर्ष भन्दा लागनीको प्रतिवद्धता घटेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x