Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आयातीत् प्रेम – प्रणय दिवसका लागि डेढ अर्बको गुलाव आयात गरिदै

आयातीत् प्रेम – प्रणय दिवसका लागि डेढ अर्बको गुलाव आयात गरिदै

काठमाडौं,११ माघ । हाम्रो परनिर्भरता के मा छैन होला भनेर खाेज्यौ भने उत्तर पाउन कठिन छ ।हामी यति सम्म परनिर्भर बन्दै गएका छौ कि तपाई कसैप्रति माया प्रकट गर्न पनि डेढ अर्बको रुपियाँ बाहिर पठाउनु पर्ने भएको छ । यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने तयारी भएको छ ।

जुन गत बर्षम भन्दा २५ लाख बढी हो ।  माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ ।

नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउछन् । आयात गरिएको गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ । गत वर्ष प्रतिगुलाफ रु ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्न जाने बताइएको छ । फेब्रुवरी १४ तारिखमा प्रणय दिवस मनाइन्छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x