Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अर्थको अर्थलाई भन्सार विभागको सम्मान

अर्थको अर्थलाई भन्सार विभागको सम्मान

काठमाडौं, १२ माघ । ६७ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर भन्सार विभागले अर्थको अर्थलाई सम्मान गरेको छ । विभागद्वारा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव डा.राजन खनालले अर्थको अर्थका प्रमख कार्यक्रम निर्माता हृदयराज गौतमलाई सम्मान प्रदान गरे ।

अर्थ, राजस्व र बाणिज्यसँग सम्बन्धित समाचारलाई नियमित प्रशारण गरि भन्सार व्यवस्थापन तथा आधुनिकिरणमा पु¥याएको योग्दानको कदर गर्दै विभागले सम्मान प्रदान गरेको हो ।

यसका साथै दिवसको अवसरमा विभागले नीजि क्षेत्रका केही प्रतिनिधि, विभागका पूर्वमहानिर्देशक सहित उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान प्रदान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x