Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुबिसु क्यान इन्फोटेक मेला माघ १५ देखि, सम्पूर्ण तयारी पुरा

सुबिसु क्यान इन्फोटेक मेला माघ १५ देखि, सम्पूर्ण तयारी पुरा

काठमाडौं, १२ माघ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा नामक मेला माघ १५ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ ।

क्यानले सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको जनाएको छ। मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता जनाउने छन् । एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x