Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय तथा अन्तराष्ट्रिय उढान पुनः सुचारु

राष्ट्रिय तथा अन्तराष्ट्रिय उढान पुनः सुचारु

काठमाडौं, १३ माघ । आइतबार बिहानै देखी बन्द रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय उढान पुनः सुचारु भएको छ । मौसममा आएको खराबीका कारण विमानस्थलको भिजिबिलिटी कम देखिएपछि ‘भिजुअल फ्लाइट रुल्स’ अन्तर्गतका आन्तरिक उडान ठप्प भएका थिए । घाम लाग्न सुरु भएपछि १६ सयभन्दा माथि भिजिबिलिटी देखिएको र विमानस्थलमा आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडान सुरु भएको हो ।


अन्तराष्ट्रिय उडानका लागि भिजिबिलिटी ८ सय भए पनि पुग्छ भने अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरेर १६ सय देखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिने हुन्छ । आइतबार बिहान भने बाक्लो हुस्सुका कारण विमानस्थलमा दुई सय मिटरमात्र भिजिबिलिटी थियो । आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ । अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टर सहित २० र अन्तराष्ट्रिय उडानमा ३ नेपाली सहित २९ वटा वायु सेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x