Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चालु आवको ६ महिना : ७ बाणिज्य बैंक मध्ये कुनको नाफा कति ?

चालु आवको ६ महिना : ७ बाणिज्य बैंक मध्ये कुनको नाफा कति ?

काठमाडौं, १३ माघ । बैंक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तिय विवरण प्रकाशन गरिरहेका छन् । हाल संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये ७ वटा बाणिज्य बैंकले ६ महिनाको वित्तिय बिवरण प्रकाशन गरेका छन् । प्रकाशित विरिण अनुसार अधिकांशले नाफामा उल्लेख्य वृद्धि गरेका छन् । हाल सम्म अर्धबार्षिक वित्तिय विवरण सार्वजानीक गरेका ७ वटा बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी नाफा एनआईसी एसिया बैंकले कमाएका छ । ७ वटा बाणिज्य बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण यस्तो छ ।

एनआइसी एसिया बैंक
बैंकले चालु आर्थिक बर्षको ६ महिनामा नाफा १२१ प्रतिशतले वृद्धि गरेको छ। गत आर्थिक बर्षको सोही अवधीमा ५७ करोड नाफा कमाएको बैंकले चालु आर्थिकमा १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो । हाल सम्म सबै भन्दा बढी शाखा कार्यालय रहेको बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने सोहि अवधीमा १ खर्ब ४९ अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै, बैंकको ब्याज आम्दानी पनि ६ महिना सम्ममा ९ अर्ब ६५ करोड रुपैयाँ पु¥याएको छ भने खुद ब्याज आम्दानी ३ अर्ब ६० करोड रुपैया पुगेको छ ।

ग्लोबल आइएमई बैंक
बैंकले ६ महिनामा १ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । पुस सम्ममा बैंकले नाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधीको भन्दा २१ करोड रुपैयाँले वृद्धि गरेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो । बैंकले ६ महिनाको अवधीमा १ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ ।

प्रभु बैंक
आर्थिक वर्ष २०७५÷७६को ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष १ अर्ब ८ करोड पुगेको हो । बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब १५ करोड रुपैंया कर्जा लगानी गरेको छ । ८ अर्ब २३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले ६ महिनामा बैंकले कमाएको यो नाफा गत आर्थिक बर्षको सोही अवधीको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । गत वर्ष ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । ८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैंया रहेको छ ।

माछापुच्छ्रे बैंक
यस बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ३६ लाख ६५ हजार रुपैयाँ स्वतन्त्र नाफा आर्जन गरेको छ । लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ७० प्रतिशतले बढी हो । बैंकको नियामकीय समायोजनबापतको रकम सकारात्मक देखिएपछि खुद नाफा भन्दा स्वतन्त्र नाफा बढी देखिएको छ । बैंकको खुद नाफा भने ७८ करोड १३ लाख ७८ हजार रुपैयाँ रहेको छ । बैंकले यो अवधीमा ८५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले ६५ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेशनल
त्यस्तै सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको ६ महिनामा ७७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ६२ करोड ८६ लाख रुपयाँ रहेको खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा नाफा रकम २२.५५ प्रतिशतले बढी हो । ६ महिनामा बैंकले ६५ अर्ब १२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ४७ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको । बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने ६५ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ५३.२९५ वृद्धि भएर १ अर्ब ४९ करोड ४५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

कुमारी बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमास अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ । बैंकको दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ करोडबाट बढेर ६१ करोड रुपैंया पुगेको हो । खुद नाफा भने बैंकले ५२ करोडबाट वृद्धि गरी ६८ करोड रुपैंया पु¥याएको छ । उक्त अवधी सम्ममा बैंकल ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ७० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x