Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन ४५ जिल्लामा मतदान जारी

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन ४५ जिल्लामा मतदान जारी

काठमाडौं, २१ मंसिर । दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान भइरहेको छ । आज भएको दोस्रो चरणको निर्वाचनले प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ प्रतिनिधि चयन गर्ने छ ।

मतदानका लागि निर्वाचन आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजे सम्मको समय निर्धारण गरेको छ । सोही अनुसार मतदाताहरु आफुले रोजेको प्रतिनिधिलाई मतदान गर्न बिहानै देखि मतदान केन्द्रहरुमा लामबद्ध देखिन्छन् । आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x