Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

इकोनोमिक मिडिया सोसाईटीमा ९ सदस्यिय नयाँ कार्यसमिति चयन

इकोनोमिक मिडिया सोसाईटीमा ९ सदस्यिय नयाँ कार्यसमिति चयन

काठमाडौं, १३ माघ । आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

विकासन्यूज डटकम तथा देशविकास साप्ताहिकका रामकृष्ण पौडेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा आर्थिकन्यूज डटमाका इन्द्रबहादुर बानियाँ उपाध्यक्ष चयन भएका छन् । महासचिवमा कर्पोरेट नेपालडटकमका सीताराम विलासी, सचिवमा मेरोलगानी डटकमका परमेश्वर अधिकारी, कोषाध्यक्षमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरुमा बिजशाला डटकमका सोमनाथ बाँस्तोला, मेरोअटो डटकम तथा चाणक्य मासिका रामकृष्ण गजुरेल, बिजखबर डटकमका रामराजा श्रेष्ठ र विजपाटी डटकमका मोहम्मद अज्मत अली छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x