Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बजेट कार्यान्वयनमा सुस्त प्रदेश, छ महिनामा विकास खर्च डेढ प्रतिशत

बजेट कार्यान्वयनमा सुस्त प्रदेश,  छ महिनामा विकास खर्च डेढ प्रतिशत

काठमाडौं, १४ माघ । संघीय सरकार मात्र होइन  बजेट कार्यान्वयनमा प्रदेश सरकारहरु निकै सुस्त देखिएका छन् । गएको छ महिनामा कर्णाली प्रदेश सरकारले डेढ प्रतिशतमात्र विकास खर्च गरेको छ। चालु आवका लागि २१ अर्ब २५ करोड ४३ लाख रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो। जस मध्ये ६ महिनामा कुल विकास बजेटमध्ये ३० करोड ८३ लाख रुपैयाँमात्र खर्च गरेको हो। जुन लक्ष्यको डेढ प्रतिशत मात्र हो ।

विकास बजेट खर्च गर्न नसके पनि चालु भने खर्च अलि बढि भएको छ । पुससम्म प्रदेश सरकारले ५.८३ प्रतिशत चालु बजेट खर्च गरेको छ। ६ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ चालु बजेटमध्ये ६ महिनामा २५ करोड ६० लाख २९ हजार रुपैयाँ खर्च भइसकेको छ। संरचना र कर्मचारीको अभावमा विकास बजेट खर्च हुन नसकेको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x