Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सामाजिक शुरक्षा योजनामा रोजगारदाताको न्यून सहभागिता

सामाजिक शुरक्षा योजनामा रोजगारदाताको न्यून सहभागिता

काठमाडौं,१५ माघ । सरकारले ल्याएको समाजिक शुरक्षा योजनामा रोजगारदाता कम्पनिको आकर्षण कम देखिएको छ । सवै भन्दा बढि उद्योग प्रतिष्ठान रहेको काठमाडौँ उपत्यका सहित प्रदेश नं ३ मा हाल सम्म जम्मा कोषमा ६२५  रोजगारदाता कम्पनी सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी काठमाडाँै उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई यही मङ्सिर ६ देखि आगामी फागुन ६ गतेभित्र कोषमा सूचीकृत भइसक्न आग्रह गरेपनि आकर्षण देखिएको छैन । देशभर दर्ता भएका ९ लाखा संघ संस्था प्रतिष्ठान मध्ये झण्डै आधा यही प्रदेशमा संचालित छन् ।

यस्तै कोषमा सूचीकृत भएकामध्ये २७२ रोजगारदातालाई सूचीकृत प्रमाणपत्र प्रदान गरिएको छ । श्रम मन्त्री गोकर्ण विष्टले रोजगारदातालाई सूचीकरण प्रमाणपत्र वितरण गर्नुभएको हो ।  अवसरमा मन्त्री विष्टले श्रमिक, रोजगारदता र सरकारको त्रिपक्षीय सम्झौताका रुपमा सामाजिक सुरक्षा योजना आएको उल्लेख गर्र्दै यसलाई सफल बनाउन उद्योगी, व्यवसायीसँग आग्रह गर्नुभयो ।

को को आए कोषमा

ठूला औद्योगिक घरानाले आफूलाई कोषमा सूचीकरण गरेका छन् ।  जस अनुशा चौधरी ग्रुप, दुगड ग्रुप, आइएमई ग्रुपलगायत  बालाजुर पाटन औद्योगिक क्षेत्रका केही उद्योगहरु दर्ता प्रक्रियमा आएका छन् । होटल, अस्पताल, स्कूल, कलेज, सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिति भने कम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x