Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोटेश्वर कलंकी सडक हस्तान्तरण भएसँगै दोस्रो खण्डको निर्माण शुरु

कोटेश्वर कलंकी सडक हस्तान्तरण भएसँगै दोस्रो खण्डको निर्माण शुरु

काठमाडौं,१५ माघ, कोटेश्वर कलंकी १० दशमलव ४ किमी खण्डको सडक विस्तार गरी आठ लेनको बनाएसागै दोस्रो खण्ड विस्तारको काम शुरु भएको छ । चीन सरकारो सहयोगमा निर्माण भएको पहिलो खण्ड अन्तर्गको सडक खण्ड नेपाल सरकारलाइ हस्तान्तरण गरेसँगै दोस्रो खण्डको काम शुरु गरिएको हो । दोस्रो खण्डको काम पनि पहिलो खण्ड अनुशार हुने छ । कंलकी देखी सितापाइला बालाजु वसपार्क महाराजगंज चावेल गौशला एयरपोर्ट हुदै कोटेश्वर यस खण्ड अन्तर्गत पर्दछ । यो झण्डै १६ दशलमव ५ किलोमिटर दुरी रहेको छ । विश्व सम्पदा सुचीमा सुचीकृत महत्वपूर्ण सांस्कृतिक सम्पदा पशुपति क्षेत्रको भुभाग पनि यसमा पर्ने छ । जहा बाटो विस्तार जटिल हुने देखिएको छ ।

सड्क हस्तान्तरण कार्यक्रम बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नकाल छिेमकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरे ।

नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । प्रशंशा गर्दै ओलीले भने ।  हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताए । तिव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन,कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले भनाइ थियो  । “तिव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस । आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला  ” प्रधानमन्त्री ओलीले भने

प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पर्दै ओलीले भने “हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x