Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

काठमाडौं, १५ माघ । चालु आर्थिक बर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ । तर बैंकले गत आर्थिक बर्षको ६ महिनामा भन्दा १० करोड ३९ लाख ५४ हजार रुपैयाँले नाफा भने घटाएको हो । गत बर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ८३ करोड ४ लाख रुपैयाँ कमाएको थियो ।


मंगलबार बैंककले सार्वजानीक गरेको एनएफआरएस प्रणली विवरण अनुसार दोस्रो त्रैमास सम्ममा १ खर्ब ४२ अर्ब ९० करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २७ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


सो अनुसार बैंकले पुस मसान्त सम्ममा १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । १ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी र २ अर्ब ६ करोड ५४ जगेडा कोष रहेको बैंकको सिडी रेसियो भने ७६.४३ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा २.०४ प्रतिशत, प्रति शेयर आम्दानी ३४.१४ पैसा र प्रति शेयर नेटवर्थ १९५.६६ रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x