Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘सुबिसु क्यान इन्फोटेक २०१९’ शुरु

‘सुबिसु क्यान इन्फोटेक २०१९’ शुरु

काठमाडौं, १५ माघ । सुचना प्रविधिसम्बन्धी मेला २५ औं ‘सुबिसु क्यान इन्फोटेक २०१९’ शुरु भएको छ । सुचना तथा प्रविधि आम नागरिकसम्म पु¥याउने उदेश्यले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा मंगलबार देखि मेला शुरु भएको हो । सो मेलाको उद्घाटन सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले गरेका हुन् ।

६ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहेको छ । यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, प्रिन्टर, कम्युटर, सि.सी टी.भि, प्रोजेक्टर, एंटीभाइरस, बिधालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुटको व्यवस्था सहित बिक्री तथा प्रर्दशनिका लागि राखिएको छ ।


मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ÷नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । यसका साथै क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन मेलाका आकर्षणको रुपमा राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गराईने जनाएको छ । यस्तै मेलामा इन्नोभेसन प्याभिलन समेत रहेको छ भने इन्नोभेसन प्याभिलनमा प्रविधिको प्रयोगबारे जानकारी गराईन्छ ।


कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x