Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपालमा भ्रष्टाचार घटेन, १८० देश मध्ये १२४ औं स्थानमा

नेपालमा भ्रष्टाचार घटेन, १८० देश मध्ये १२४ औं स्थानमा

काठमाडौं,१६ माघ । सरकारले भ्रष्टाचार निवारण प्रमुख कार्यभार रहेको बताउदै आएपनि देशमा भ्रष्टाचार नघटेको तथ्यांकले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) २०१८ मा नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको छ ।

सन् २०१७ मा १ सय मा ३१ अंक पाएको नेपालले २०१८ मा पनि ३१ अंक नै पाएको छ । शून्य अंक अति भ्रष्टाचार र १ सय अंकले स्वच्छ मुलुकका रुपमा चित्रण गर्दछ ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत ६ वटा संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा नेपाल १ सय ८० मुलुकमध्ये १ सय २४ औं स्थानमा परेको हो ।

यस वर्ष डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुमा भुटान २५, भारत ७८, श्रीलङ्का ८९, पाकिस्तान ११७, मालदिभ्स १२४, बङ्गलादेश १४९ र अफगानिस्तान १७२औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ३९ अङ्क प्राप्त गरी ८७ औं स्थानमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x