Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मुक्तिनाथ विकास बैंकको नाफा ४० करोड ४८ लाख

मुक्तिनाथ विकास बैंकको नाफा ४० करोड ४८ लाख

काठमाडौं, १६ माघ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनीक गरेको वित्तिय विवरण अनुसार नाफा रकम गत वर्ष भन्दा ५३.१२ प्रतिशतले बढी हो ।

बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि उल्लेख्य बृद्धि गरेको छ। खुद व्याज आम्दानी ५३.८२ र सञ्चालन नाफा ५४.५९ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले यो त्रैमास सम्ममा ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकको रिजर्भ कोषमा ८५ करोड ४९ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x