Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेयर बजारमा १ सय ६८ कम्पनीको १९ करोड बराबरको कारोबार

सेयर बजारमा १ सय ६८ कम्पनीको १९ करोड बराबरको कारोबार

काठमाडौ., १६ माघ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.४० अंकले घटेर ११६०.५९ विन्दुमा बन्द भयो । तर बुधबार क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसुचकमा भने सामान्य सुधार देखिएको छ । सेन्सेटिभ परिसुचक आज ०.२८ अंकले बढेर २४६.७५ बिन्दुमा पुगेर बन्द भयो ।

बुधबार कुल १ सय ६८ कम्पनीहरुको ५,७२,७७५ कित्ता सेयर खरिद बिक्री हुँदा १९ करोड २० लाख भन्दा बढीको कारोबार भएको छ । कारोबारमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टले अग्रता लिएको छ । ट्रष्टको २ करोड ३० लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरि उन्नती माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । जसको सेयर मुल्य ७.१४ प्रतिशतले बढेको छ भने सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मुल्यमा आज ७.५१८८ प्रतिशतको गिरावट आएको छ ।
नेप्सेमा सुचिकृत ११ वटा समुह मध्ये ५ वटा समुहको परिसुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x