Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गृहमन्त्री थापा र चीनका राजदुत यान्छीबीच भेटवार्ता

गृहमन्त्री थापा र चीनका राजदुत यान्छीबीच भेटवार्ता

काठमाडौं, १६ माघ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि चीनका राजदुत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा आज भएको भेटमा नेपाल–चीन सम्बन्ध, दुई देशबीचको सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे । उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद पनि दिए ।

त्यस्तै राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्ध थप उचाइमा पु¥याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपालले चीनविरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिन् । भेटमा राजदूत यान्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिएकी छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x