Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा संचालनमा

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा संचालनमा

काठमाडौं, १७ माघ । ज्योति विकास बैंकले एकै दिनमा पाँच वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाइएको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x