Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबि बैंक र वनटुवाच बीच ब्रिज फाइनान्सिङ सम्बिन्ध सम्झौता

एनएमबि बैंक र वनटुवाच बीच ब्रिज फाइनान्सिङ सम्बिन्ध सम्झौता

काठमाडौं, १७ माघ । एनएमबि बैंक र वनटुवाच बीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ब्रिज फाइनान्सिङ्ग अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीयआवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् । वन टु वाचले लगानी अवसर सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ ।
एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशीलगानीको स्वीकृति नपाउन्जेलसम्मको अन्तरिम अवधिमाब्रिजफाइनान्सिङ्ग उपलब्ध गराउने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x