Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय वाणिज्य बैंकद्धारा संखुवासभाको चैनपुरमा न्यानो कपडा वितरण

राष्ट्रिय वाणिज्य बैंकद्धारा संखुवासभाको चैनपुरमा न्यानो कपडा वितरण

काठमाडौं, १७ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं ६ मा रहेको सरस्वति माध्यामिक विद्यालयमा अध्यनरत ५ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको हो ।

सो कार्यक्रममा संखुवासभाका जिल्ला न्यायाधीश प्रकाश राउत, चैनपुर न.पा. वडा नं ६ का अध्यक्ष नेत्रबहादुर डांगी, विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश श्रेष्ठ, बैंकका खांदबारी शाखाका प्रबन्धक अनिशकुमार रायमझी लगायत स्थानीय सरकारी तथा संघसंस्थाका प्रतिनीधिहरुले न्यानो कपडा (स्विटर) वितरण गरेका थिए ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x