Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश २ को मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउ अभियानलाई प्रभु बैंकको साथ

प्रदेश २ को मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउ अभियानलाई प्रभु बैंकको साथ

काठमाडौं, १७ माघ । प्रदेश नं. २ को मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडका विच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । प्रदेश नं २ प्रदेशस्तरीय मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्फबाट सहायक महाप्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरि मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो ।

सम्झौता अनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा यो कार्यक्रम संचालन हुने छ । यो कार्यक्रम अन्य जिल्लाहरुमा समेत विस्तार हुने बताइएको छ । यो अभियान अन्तर्गत २०७५ माघ १ गते पश्चात् माथि उल्लेखित ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा बैंकले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलिदिनेछ ।

मन्त्रालयले प्रदान गर्ने १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यू भएमा वा कडा रोग लागेको प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x