Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बिबाहको सिजनमै सुनको मूल्य ६२ हजार माथि

बिबाहको सिजनमै सुनको मूल्य ६२ हजार माथि

काठमाडौं, १७ माघ । स्थानीय बजारमा पछिल्ला दिनहरुमा सुनको मूल्य आकाशिएको छ । गत साता प्रतितोला ६० हजार ९ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज ६२ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

१ हप्तामा नै सुनको मुल्य प्रतितोला १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिबाहको सिजन सुरु भएसँगै सुनको मुल्यमा उतारचढाब आउदाँ कारोबारमा असर परेको व्यवसायीहरुको गुनासो छ । बिबाहको सिजनमा गहनाको माग बढ्ने भएपनि अहिले सुनको मूल्य बढेकाले गहनाको अडरमा कमि आएको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

सुनसंगै चाँदीको मुल्य पनि पछिल्लो १ हप्तामा प्रतितोला २५ रुपैयाँ बढेको छ । गत साता प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x