Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

देशैभरका चिकित्सक हड्तालमा , सेवा प्रभावित गर्नेलाई कारवही गर्ने सरकारको तयारी

देशैभरका चिकित्सक हड्तालमा , सेवा प्रभावित गर्नेलाई कारवही गर्ने सरकारको तयारी

काठमाडौं,१८ माघ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पताल चिकित्सकहरु आकस्मिक बाहेकका सेवा ठप्प पार्ने गरी हड्तालमा उत्रिएका छन् ।

त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै आकश्मिक सेवा वाहेक कुनै पनि सेवा दिन नसक्ने गरी आन्दोलन चर्काउदै लगेको छ ।

यता सरकारले भने काम छाडेर सेवा प्रभावित गरेर आन्दोलन गर्नेलाइ कारवाही गर्ने चेतावनी दिएको छ । । संघले थप संघर्षका कार्यक्रम घोषणा गरे पनि त्रिवि शिक्षण अस्पताललगायतले बन्द, हडताल नगर्न अपिल गरेका छन् । त्रिवि शिक्षण अस्पतालले बन्द, हडताल निषेध गर्दै त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

चिकित्स संघले भने २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताउदै वार्ता र संवादबाट तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रहसमेत गरेको छ ।

आफुसँग भएको सहमति अनुशार विधेयक अगाडी बढाउनु पर्ने माग गर्दै डा केशीको अनशनरत रहे पनि उनि अनसन बसेकै समयमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भइसकेको छ । अब राष्ट्रपतिबाट लालमोहर लागेपछि उक्त विधेयक लागु हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x