Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आशा लघुवित आईपीओ निष्कासन खुला

आशा लघुवित आईपीओ निष्कासन खुला

काठमाडौं,१८ माघ । आशा लघुवित वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन खुला भएको छ । आईपीओ छिटोमा २२ र ढिलोमा फागुन १९ सम्म आवेदन खुला हुने आशा लघुवित्तले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ताको आईपीओ निष्कासन गरेको हो । इक्रा नेपालबाट ग्रेड ४ को स्वीकृती पाएको संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

आईपीओ न्युनतम १० र अधिकतम ३३ सय ७० कित्तासम्म आवेदन दिन पाइन्छ ।यसको विक्री गर्न लागेको साधारण शेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई र ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

ककनी ६ नुवाकोट जिल्लामा यसको मुख्य कार्यालय रहेको छ भने सम्पर्क कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । संस्थाले २३ जिल्लामा केन्द्रिय कार्यालय र ४३ बटा साखा कार्यालय स्थापना गरि कारोवार गर्दै आएको छ । निर्गुन प्रसाद भट्टराई संचालक समिति अध्यक्ष रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x