Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रेष्टुरेन्ट तथा बारमा सेवा शुल्क हटाउने निर्णय बिरुद्ध श्रमिकहरु आन्दोलनमा

रेष्टुरेन्ट तथा बारमा सेवा शुल्क हटाउने निर्णय बिरुद्ध श्रमिकहरु आन्दोलनमा

काठमाडौं, १८ माघ । रेष्टुरेन्ट तथा बारमा ग्राहकबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क रेष्टुरेन्ट तथा बार एसोसिएशन नेपाल (रेबान) ले कटौती गरे पश्चात त्यसको विरोध हुन थालेको छ । विभिन्न श्रमिक संघ, संगठनहरुले व्यवसायीको सो निर्णय विरुद्ध देशव्यापीरुपमा आन्दोलन गर्ने घोषण गरेका छन् ।

श्रमिक संघहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गदै कानुनी रुपमा नै सेवा शुल्क बापत १० प्रतिशत लिन पाउने व्यवस्था गरिएकोमा रेबानले एकलौटी रुपमा गरेको निर्णयको विरोध गरि माघ २० गते देशव्यापी विरोध कार्यक्रम गर्ने र माघ २२ गते रेष्टुरेन्टहरुमा हड्ताल गर्ने निर्णय गरेका छन् ।

रेबानले गत माघ १४ गते देखि काठमाडौं, पोखरा र सौराहाका रेस्टुरेन्ट तथा बारमा सेवा शुल्क नलिने निर्णय गरेका थिए ।

विगत १० बर्ष अगाडि रोजगारदाता र श्रमिक बीच सम्झौताभई कानुनी मान्यता पाएको नियम व्यवसायीले हटाउदैमा मान्य नहुने अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संगठनका उपाध्यक्ष कुमार पन्तले बताए । व्यवसायीहरुले सेवा शुल्क बापतको रकम एकलौटी राख्न नपाएपछि हतास मनष्थितिमा उक्त निर्णय गरेको उनलको आरोप छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x