Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वायुसेवा निगमले जापान उडानका लागि पायो एओसी

वायुसेवा निगमले जापान उडानका लागि पायो एओसी

काठमाडौं, १९ माघ । नेपाल वायु सेवा निगमले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि एओसी पाएको हो ।

जिगमले यसअघि दुई वाइड बडी जहाज खरीद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।

निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x