Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकको नाफा १ अर्व ६६ करोड

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकको नाफा १ अर्व ६६ करोड

काठमाडौं, २० माघ । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो आर्थिक वर्षको सोहीअवधीको भन्दा १.४० प्रतिशतले बढी हो ।

गत वर्ष बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ७.७१ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब ९४ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १ अर्ब ८३ करोड रुपैयाँबाट बढेर २ अर्ब ३१ करोड २४ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ ।

त्यस्तै निक्षेप संकलन १ खर्ब ५ अर्ब ६७ करोड रुपैयाँ गरी ८५ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x