Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनता बैंकले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि टिफ फर नेपालसँग सहकार्य गर्ने

जनता बैंकले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि टिफ  फर नेपालसँग सहकार्य गर्ने

काठमाडौ २० माघ । जनता बैंक नेपालले शैक्षिक गुणस्तर अभिबृद्धिको लागि टिच फर नेपालसँग सहकार्य गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई बार्षिक ५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका छन् ।

टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो (प्रशिक्षार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धि कार्य गरिरहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x