Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुद्दती निक्षेपमा दुई अर्ब भन्दा बढी रकम राख्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा दुई अर्ब भन्दा बढी रकम राख्दै राष्ट्र बैंक

काठमाडौँ, २१ माघ  । बाणिज्य बैंकले लगानी योग्ग रकमको अभाव झेलिरहेको बताएको वेला नेपाल राष्ट्र बैंकले दुई अर्ब भन्दा बढी रकम १ बर्षका लागि मुद्धति निक्षेपमा राख्ने भएको छ । बैंकले २०७५ फागुन १ गतेदेखि २०७६ माघ २९ गतेसम्मका लागि ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने बताएको छ ।

बैकले जारी गरेको सुचना अनुशार केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब छ करोड ८७ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ३० करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको निक्षेप मुद्दतीमा राखिने गरि छुटाइएको छ ।

बैंकले रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष भएको हुनुपर्ने, न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीका पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा निक्षेप र पूँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको र अघिल्लो आवमा मुनाफा हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी यही माघ २३ गते ३ बजे  भित्र आवेदन दिन आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x